ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा
2082 General Campaign Update

रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा

Inquiry Nepal Inquiry Nepal June 11, 2026 at 4:55 PM 41 views
<p>काठमाडौं । रास्वपा कोसी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङ (शरिन) ले राजनीतिक संन्यास घोषणा गरेकी छन्। निर्वाचनमा पराजितपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्। उनी रास्वपा कोसीको निवर्तमान कार्यवाहक सभापति पनि हुन्। स्थापनाकाल देखिनै रास्वपामा आवद्ध तामाङले माथिको ह्विप भन्दै आफूलाई हराएको र सेटिङ प्यानल बनाउन नजानेको [&#8230;]</p> <p>The post रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा appeared first on राजधानी राष्ट्रिय ...

काठमाडौं । रास्वपा कोसी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङ (शरिन) ले राजनीतिक संन्यास घोषणा गरेकी छन्। निर्वाचनमा पराजितपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्।

उनी रास्वपा कोसीको निवर्तमान कार्यवाहक सभापति पनि हुन्। स्थापनाकाल देखिनै रास्वपामा आवद्ध तामाङले माथिको ह्विप भन्दै आफूलाई हराएको र सेटिङ प्यानल बनाउन नजानेको उल्लेख गरेकी छन्।

तामाङ रास्वपा उम्मेदवारका रूपमा सुनसरी १ बाट दुईपटक प्रतिनिधिसभा निर्वाचन लडिसकेकी नेतृ हुन् । यद्यपि निर्वाचित भने हुन सकिनन्।

गत फागुनमा भएको निर्वाचनमा ३५ हजार ७४१ मत ल्याएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित हुँदा उनले २७ हजार २४९ मत पाएकी थिइन्।

The post रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082