ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै
2082 General Campaign Update

सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै

Inquiry Nepal Inquiry Nepal June 5, 2026 at 4:39 PM 46 views
<p>काठमाडौं । सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई मजबुद बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदैछ । सम्मेलनको शनिबार बिहान प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरुमपा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले [&#8230;]</p> <p>The post सुदूरपश्चिमको टीकापुरमा ...

काठमाडौं । सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई मजबुद बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदैछ ।

सम्मेलनको शनिबार बिहान प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरुमपा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गर्ने तय भएको छ ।

उद्घाटन समारोहलाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही जेठ २३ र २४ गते हुने सम्मेलनमा सहभागी हुन सभामखु अर्याल, अध्यक्ष दाहाल, उपसभामुख रूबी कुमारी र राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा सङ्घीय संसद्का पदाधिकारी सुदूरपश्चम प्रदेशको राजधानी धनगढी पुगिसक्नुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

संसदीय अभ्यास र कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत हुने
शनिबार मध्याह्नपछि सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली र कानुन निर्माणसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय’ तथा पूर्वसचिव डा सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा प्रस्तुति दिने कार्यक्रम छ ।

सम्मेलनका दौरान सङ्घीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर–व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाका विषयमा छलफल हुनेछ ।

‘टीकापुर घोषणापत्र’ जारी गर्ने
सम्मेलनले टीकापुर घोषणापत्र जारी गर्नेछ । सम्मेलनको दोस्रो दिन सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्ने र आवश्यक छलफलपछि पारित गरिनेछ ।

The post सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082