ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सेनाको आग्रह- हामीलाई जोडेर फैलाइएका भ्रमपूर्ण हल्लाको पछि नलाग्नुस्
2082 General Campaign

सेनाको आग्रह- हामीलाई जोडेर फैलाइएका भ्रमपूर्ण हल्लाको पछि नलाग्नुस्

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 4:07 PM 48 views
नेपाली सेनाले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आफूलाई जोडेर फैलाइएका भ्रमपूर्ण र अतिरञ्जित हल्लाको विश्वास नगर्न आम नागरिकमा आग्रह गरेको छ।...

नेपाली सेनाले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आफूलाई जोडेर फैलाइएका भ्रमपूर्ण र अतिरञ्जित हल्लाको विश्वास नगर्न आम नागरिकमा आग्रह गरेको छ।

सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायम राख्दै संविधानप्रदत्त जिम्मेवारी निर्वाह गरिरहेको प्रस्ट पारेको छ।

सेनाले बुधबार एक अपिल जारी गर्दै निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुरुप खटिएको जनाएको छ।

यसक्रममा अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग पूर्ण समन्वय र सहकार्य भइरहेको सेनाले उल्लेख गरेको छ।

‘नेपाली सेनालाई जोडेर सुनियोजित ढंगबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न र नगराउन हामी हार्दिक अपिल गर्दछौँ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सेनाले आफू सधैं गैर-राजनीतिक चरित्रमा अडिग रहेको र सोहीअनुरूप कार्यसम्पादन गर्दै आएको स्मरण गराएको छ।

campaign election 2082