ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
‘अर्थमन्त्रीले नवप्रवर्तनको महत्त्व बुझेको भान भएन’
2082 General Campaign

‘अर्थमन्त्रीले नवप्रवर्तनको महत्त्व बुझेको भान भएन’

Inquiry Nepal Inquiry Nepal May 27, 2026 at 7:36 PM 31 views
प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन्।...

प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन्।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गरे।

सांसद पुनले सरकारले हालै ‘नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्रालय’ स्थापना गरेको विषयलाई सकारात्मक रूपमा लिँदै उक्त मन्त्रालयलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र पर्याप्त बजेटको आवश्यकता रहेको औंल्याए।

उनले वैज्ञानिकहरूले गर्ने आविष्कारलाई व्यावसायिक रूप दिई उत्पादन बढाउनु नै नवप्रवर्तन भएको स्पष्ट पार्दै यसबाट आयात प्रतिस्थापन र रोजगारी वृद्धि हुने बताए।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै भने, ‘हाम्रा अर्थमन्त्रीजी एक कुशल अर्थशास्त्री हुनुहुन्छ, तर देशको अर्थतन्त्र उकास्न विज्ञान र नवप्रवर्तनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा उहाँको गहिरो ध्यान पुग्न सकेको छैन कि भन्ने मलाई भान भएको छ।’

पुनले नयाँ मन्त्रालयमा मन्त्रीदेखि सचिवसम्म सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यसको नेतृत्वमा प्रधानमन्त्री स्वयंले चासो लिनुपर्ने सुझाव दिए। ‘मन्त्रालय त खोलियो, तर यसलाई व्यवस्थित गर्न बाँकी छ। आगामी बजेटमा पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब ३ अर्ब रुपैयाँ यस क्षेत्रका लागि छुट्याउनुपर्छ,’ उनले भने।

campaign election 2082