ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमालेले उपसभामुखलाई भोट नहाल्ने
2082 General Campaign

एमालेले उपसभामुखलाई भोट नहाल्ने

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 5:18 PM 59 views
प्रतिनिधि सभाको उपसभामुख चयनका लागि हुने निर्वाचनमा नेकपा एमाले भने तटस्थ बस्ने भएको छ ।

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि हुने निर्वाचनमा नेकपा एमाले भने तटस्थ बस्ने भएको छ । नेकपा एमालेका सांसद मोहम्मत इस्तियाक राईले आफ्नो धारणा राख्दै उपसभामुखको निर्वाचनमा एमाले तटस्थ बस्ने बताए ।

उनले भने, ‘यहाँ आज प्रतिनिधि सभाले नयाँ उपसभामुख निर्वाचन गर्दैछ । श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार हुनुहुन्छ । दुबै जनाको योग्यता आफ्‍नो ठाउँमा छ । बहुमत प्राप्त दल रास्वपाले रूबीकुमारीजीलाई समर्थन गरेकाले उहाँ नै उपसभामुख बन्नुहुन्छ भन्ने निश्चित नै छ । तर एमाले भने तटस्थ बस्नेछ ।’

campaign election 2082