ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण (फोटोफिचर)
2082 General Campaign

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण (फोटोफिचर)

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 12:58 PM 40 views
<p>काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् । शपथ लगत्तै संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् [&#8230;]</p> <p>The post प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण (फोटोफिचर) appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् । शपथ लगत्तै संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।

शपथ समारोहमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगै संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने छन् ।

The post प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण (फोटोफिचर) appeared first on RONB post.

campaign election 2082