ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
तस्बिरमा हेर्नुस् म्यादी प्रहरीको बिदाइ
2082 General Campaign

तस्बिरमा हेर्नुस् म्यादी प्रहरीको बिदाइ

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 12:48 PM 56 views
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको बिदाई भएको छ।...

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आज (बिहीबार)देखि बिदा भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको बिदाइ भएको हो।

आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरी बिदाइ गरेको छ। उनीहरूलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिँदै छ।

यस वर्ष नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै बिदाइ कार्यक्रम राखिएको छ।

campaign election 2082