ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पाल्पामा ४ प्रतिशत बढी मत बदर
2082 General Campaign Update

पाल्पामा ४ प्रतिशत बढी मत बदर

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 1:12 PM 77 views
<p>पाल्पा । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक भन्दा प्रत्यक्षमा बढी मत बदर भएको छ । प्रत्यक्षमा ४.१८ प्रतिशत र समानुपातिकमा ३.२० प्रतिशत मत बदर भएको हो । प्रत्यक्षमा ४ हजार ७ सय ९८ र समानुपातिकमा ३ हजार ७ सय ३४ गरी कुल ८ हजार ५ सय ३२ मत बदर भएको छ [&#8230;]</p> <p>The post पाल्पामा ४ प्रतिशत बढी मत बदर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Politie...

पाल्पा । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक भन्दा प्रत्यक्षमा बढी मत बदर भएको छ । प्रत्यक्षमा ४.१८ प्रतिशत र समानुपातिकमा ३.२० प्रतिशत मत बदर भएको हो । प्रत्यक्षमा ४ हजार ७ सय ९८ र समानुपातिकमा ३ हजार ७ सय ३४ गरी कुल ८ हजार ५ सय ३२ मत बदर भएको छ ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षमा ३ हजार ५ सय ४५ र समानुपातिकमा ४ हजार ६ सय ४ गरी जम्मा ८ हजार १ सय ४९ मत बदर भएको थियो । यस तथ्यांक अनुसार २०७९मा भन्दा बढी मत बदर भएको छ ।

निर्वाचन आयोगले फागुन ३ गते देखी १७ गतेसम्म जिल्ला ८१ वडामा महिला स्वयमसेविका मार्फत मतदाता शिक्षा सञ्चालन गरे पनि प्रभावकारी हुन सकेन । मतदाता शिक्षाको समय कम, भौगोलिक विकटता र मतपत्रको गलत स्थानमा स्वस्तिक छाप लगाउनुले बदर मत बढेको निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताए ।

मतपत्रमा एक भन्दा बढी निर्वाचन चिन्हमा छाप लगाएको, औठा छाप लगाएको र निर्वाचन चिन्हमा स्प्रष्टसँग छाप नलागेका मतपत्र बदर भएको पाइयो ।

The post पाल्पामा ४ प्रतिशत बढी मत बदर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082