ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नेपाल–भारत नाका आज रातिदेखि तीन दिन बन्द हुने
2082 General Campaign

नेपाल–भारत नाका आज रातिदेखि तीन दिन बन्द हुने

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 8:07 PM 53 views
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत जोड्ने धनगढीको त्रिनगर, टीकापुरको सत्तीघाट र भाजनी नाका १७ गते रातीदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।...

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत जोड्ने धनगढीको त्रिनगर, टीकापुरको सत्तीघाट र भाजनी नाका १७ गते रातीदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सोमबार राति १२ बजेदेखि भारत जोड्ने नाकाबन्द गरिने भएको हो । फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् । निर्वाचनका बेला देशभरिका अन्तर्राष्ट्रिय नाका बन्द गरिने उनले बताए । कैलालीमा रहेका मुख्य तीन नाका त्रिनगर, भजनीको नाका र टीकापुरको सत्तीघाट नाका बन्द गरिने उनले बताए ।

नाकामा यातायातका साधन सञ्चालन तथा आवतजावतमा रोकलगाइएको उनको भनाइ छ ।

एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी साधन भने सञ्चालन गर्न अनुमती दिइने उनको भनाइ छ । अन्य सवारी सधानमा भने रोक लगाइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नाका बन्द रहने जानकारी गराएको छ ।

कैलालीमा आगामी निर्वाचनलाई लक्षित गरेर प्रहरीले सीमा नाका तथा खुला सीमाना भएको क्षेत्रमा चेकजाँच र निगरानी बढाएको छ । यहाँ भारतसँग जोडिएको एक सय किलोमिटर खुला सीमाना रहेको छ ।

campaign election 2082