ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कास्कीमा चार हजार बढी मत बदर
2082 General Campaign

कास्कीमा चार हजार बढी मत बदर

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 11:15 AM 61 views
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ।...

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए। उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ।

कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो। यसैगरी क्षेत्र नं २ मा ५३ हजार ३९५ मत खसेकामा ५२ हजार १८७ मत सदर हुँदा एक हजार २०८ मत बदर भयो।

क्षेत्र नं ३ मा ६६ हजार २२४ मत खसेको थियो। यस क्षेत्रमा ६४ हजार ५८६ मत सदर हुँदा जम्मा एक हजार ६३८ मत बदर भएको सूचना अधिकारी न्यौपानेले बताए।

निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।

जिल्लमा विसं २०७९ को निर्वाचनमा भने पाँच प्रतिशत मत बदर भएको थियो। त्यसबेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार ८०६ मत खसेकामा सदर मत एक लाख ७० हजार ३४४ र बदर मत आठ हजार ४६४ थियो।

सूचना अधिकारी न्यौपानले मतपत्रमा एक वा सोभन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको बताए।

“विगतको निर्वाचनमा भन्दा मत बदर यस पटक धेरैनै कम भएको छ। सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाले समेत न्यून सङ्ख्यामा बदर भएको। अझै पूर्ण रूपमा मतदाता शिक्षा पुग्न नसकेको देखिएको छ।” न्यौपानेले भने।

campaign election 2082