ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धादिङमा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो 
2082 General Campaign

धादिङमा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो 

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:44 PM 51 views
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ  जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको छ । २७५२८० मतदाता रहेको  धादिङ जिल्लामा १ लाख ३८ हजार ४ सय ४७ मत खसेको जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले जानकारी दिए । जम्मा मतदातामध्ये ५० दशमलव २९ प्रतिशत मत खसेको हो ।  १ सय १४ मतदान स्थल र ३ […]

धादिङ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ  जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको छ ।

२७५२८० मतदाता रहेको  धादिङ जिल्लामा १ लाख ३८ हजार ४ सय ४७ मत खसेको जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले जानकारी दिए । जम्मा मतदातामध्ये ५० दशमलव २९ प्रतिशत मत खसेको हो ।  १ सय १४ मतदान स्थल र ३ सय १० मतदान केन्द्र रहेको छ  ।

धादिङकाे शंखादेबी मतदान केन्द्र र मनरुपी मावि मतदान केन्द्रमा फर्जी मत हालिएकाे जानकारी स्थानीय प्रतिनिधिहरुले जनाएका छन् ।

धादिङ खनियाबास गाउँपालिका वडा नम्बर २ मतदान केन्द्रमा अक्थलीबाट आउदै गरेका १२/१३ जना मतदातालाई रास्वपा कार्यकर्ताले भिरमाथिबाट ढुंगा लडाएर गसेली पुलमा राेकिएकाे छ । मतदाताकाे सुरक्षाकर्मी उद्धार गरेका छन् ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मतदान केन्द्रमा  अनियमित रुपमा  उम्मेदवार प्रतिनिधि भन्दै मतदान केन्द्र प्रवेश अन्य मतदाताकाे मत हालिएकाे छ । नगरप्रमुख भीम ढुंगाना मतदान केन्द्र भित्र बसेर र उम्मेदवार प्रतिनिधि बनेर मतदान केन्द्र कब्जा गरेको सो स्थानका प्रतिनिधि भीम कुमालले जानकारी दिएका छन् ।

यसैगरी  धादिङका पाँच मतदान केन्द्रमा संचारकर्मी र पर्यवेक्षकलाई राेक लगाईएकाे छ ।

वागेश्वरी मावि बैरेनी मतदान केन्द्रमा पर्यवेक्षक र पत्रकारलाई राेक लगाएको छ ।

वाशेश्वरी आवि गल्छी गाउँ पालिका ४ मा संचारकर्मी र पत्रकारलाई प्रवेशमा राेक लगाएको छ ।

महाकाली मावि मतदान केन्द्रमा सञ्चारकर्मीलाई निषेध गरिएको पत्रकार केशव अधिकारीले बताए ।

नीलकण्ठ मावि धादिङबेसी मतदान केन्द्रमा पर्यवेक्षकलाई पर्यवेक्षण गर्न राेक लगाईएकाे नियाेकका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विजय सुवेदीले सहजीकरण गरिएको बताए ।

यसपछिपनि सञ्चारकर्मीलाई गेटबाट नै फर्काइएको छ ।

campaign election 2082