स्याङ्जा । वालिङ–१० बालज्योतिमा केही समय अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र वितरण गरेको आरोपपछि विवाद उत्पन्न भई मतदान रोकिएको थियो।
पछि बाकसमा खसेका सबै मत गणना गर्ने सहमतिपछि अवरोध हटेको र मतदान पुनः सञ्चालनमा आएको हो।
स्याङ्जा जिल्लामा हालसम्म करिब ३० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
The post मतपत्र विवादपछि वालिङ–१० मा पुनः मतदान सुरु, ३० प्रतिशत मत खस्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....