ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
झापामा उत्साहपूर्वक मतदान,४० प्रतिशत मत खस्यो
2082 General Campaign Update

झापामा उत्साहपूर्वक मतदान,४० प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:35 PM 70 views
<p>काठमाडौं । झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताएका छन्। जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहसाथ मतदान गरिरहेका छन्। सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र [&#8230;]</p> <p>The post झापामा उत्साहपूर्वक मतदान,४० प्रतिशत मत खस्य...

काठमाडौं । झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताएका छन्।

जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहसाथ मतदान गरिरहेका छन्। सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख इन्दिरा रानामगरलगायतले आआफ्नो मतदानकेन्द्रबाट मतदान गरिसकेका छन्।

मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जिल्लामा हालसम्म ४० प्रतिशत मत खसिसकेको जानकारी दिए।

The post झापामा उत्साहपूर्वक मतदान,४० प्रतिशत मत खस्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082