काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरूमा अन्तिम तयारी तीव्र पारिएको छ। निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार अधिकांश मतदान केन्द्रमा आवश्यक सामग्री, कर्मचारी र सुरक्षाकर्मी खटाइसकिएको छ।
काठमाडौँ जिल्लाभरका विद्यालय, सामुदायिक भवन तथा सार्वजनिक स्थलमा मतदान केन्द्र स्थापना गरिएको छ। मतपेटिका, मतपत्र, स्वस्तिक छाप, मतदाता नामावली लगायतका सामग्री सम्बन्धित केन्द्रमा पु¥याइसकिएको छ भने मतदान अधिकृत र कर्मचारीलाई आवश्यक निर्देशन दिइएको छ।
मतगणनास्थलको तयारी पनि लगभग पूरा भएको जनाइएको छ। तोकिएका स्थानमा सिसिटिभी जडान, सुरक्षाको घेरा तथा तारबार व्यवस्थापन गरिएको छ ।
प्रशासनले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सबै तयारी पूरा भएको जनाएको छ। मतदातालाई तोकिएको समयभित्र आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ।
The post प्रतिनिधिसभा निर्वाचनका लागि मतदान स्थल तयारी अन्तिम चरणमा (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....