ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
2082 General Campaign

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

Inquiry Nepal Inquiry Nepal June 15, 2026 at 7:36 AM 42 views
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ।

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ।

कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ।

त्यसैगरी, राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ।

campaign election 2082