ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन
2082 General Campaign Update

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 6:40 PM 52 views
<p>काठमाडौं । प्रतिनिधि सभाको नयाँ नियमावलीअनुसार, कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ। बुधबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरिएको जानकारी दिए। नयाँ नियमावलीमा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति हुने व्यवस्था छ। यसअघि प्रतिनिधि सभाको २०७९ को नियमावलीका आधारमा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको थियो। नयाँ नियमावली बनेसँगै [&#8230;]</p> <p>The post प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन appeared fi...

काठमाडौं । प्रतिनिधि सभाको नयाँ नियमावलीअनुसार, कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरिएको जानकारी दिए। नयाँ नियमावलीमा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति हुने व्यवस्था छ।

यसअघि प्रतिनिधि सभाको २०७९ को नियमावलीका आधारमा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको थियो। नयाँ नियमावली बनेसँगै नयाँ कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो।

कार्यव्यवस्था परामर्श समितिमा अचुतम लामिछाने, आरेन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, देवराज पाठक, निश्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपीनकुमार आचार्य सदस्य रहेका छन्।

The post प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082