ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अझै सुरु भएन प्रतिनिधि सभाको बैठक
2082 General Campaign

अझै सुरु भएन प्रतिनिधि सभाको बैठक

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 12:03 PM 48 views
बुधबार बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन।

बुधबार बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन।

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन्।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

प्रतिनिधि सभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए।

campaign election 2082