ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
११ बजे बोलाइएको संसद् बैठक २ बजेलाई सर्‍यो
2082 General Campaign

११ बजे बोलाइएको संसद् बैठक २ बजेलाई सर्‍यो

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 1:25 PM 47 views
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले बैठकको नयाँ समय तय गरेका हुन्।...

आज (बुधबार) बिहान ११:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठकको समय परिवर्तन गरिएको छ।

विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। अब प्रतिनिधि सभाको बैठक आजै दिउँसो २:०० बजे बस्ने गरी निर्धारण गरिएको छ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले बैठकको नयाँ समय तय गरेका हुन्।

campaign election 2082