ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, प्रधानमन्त्रीले लिँदैछिन् ‘ब्रिफिङ’
2082 General Campaign

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, प्रधानमन्त्रीले लिँदैछिन् ‘ब्रिफिङ’

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 4:01 PM 51 views
भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक बसेको हो।...

भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक बसेको हो।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा निर्वाचन सुरक्षाका विषयमा विस्तृत छलफल भइरहेको छ। निर्वाचनको मुखमा प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग पछिल्लो अवस्थाबारे जानकारी लिन बैठक बोलाएकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठकमा सुरक्षा अंगका प्रमुखहरूले देशभरको सुरक्षा अवस्थाबारे ‘ब्रिफिङ’ गरिरहेका छन्।

मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन अपनाइएका अन्तिम सुरक्षा रणनीतिका विषयमा पनि बैठकमा समीक्षा हुने बताइएको छ।

campaign election 2082