ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कपिलवस्तुमा निर्वाचनको सबै तयारी पूरा
2082 General Campaign

कपिलवस्तुमा निर्वाचनको सबै तयारी पूरा

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 4:55 PM 43 views
बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको लागि कपिलवस्तुमा सबै तयारी पुरा भएको छ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कपिलवस्तुमा सबै तयारी पूरा भएको छ । प्रमुख जिल्ल अधिकारी जनार्दन गौतमले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए ।

निर्वाचनका लागि खटिएका सुरक्षाकर्मी र कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगिसकेको उनले बताए । मतदान अधिकृतले दल र उम्मेदवारका प्रतिनिधिसँग निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल गरी मतदानका लागि तयारी अवस्थामा बसेका छन् ।

निर्वाचनलाई लक्षित गरी निर्वाचन विशेष सुरक्षा रणनीति तयार गरी अघि बढको प्रजिअ गौतमले बताए । ‘सुरक्षाकर्मीलाई निर्वाचनकालागि सम्बधित स्थानमा परिचालन गरी सकेका छौ,’ उनले भने । म्यादी, नेपाल सशसत्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटनपटन भईसकेको उनले बताए।

जिल्लामा ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै २९ सय बढी कर्मचारीहरु खटिएका छन्। ‘भरपर्दौ शान्ति सुरक्षा व्यवस्था गरेका छौ, ढुक्कसँग मतदान गर्नुहोला, ’ प्रजिअ गौतमले भने।

जिल्लामा २ सय ३६ मतदान स्थालमा ४ सय ९१ मतदान केन्द्र कायम गरिएको छ। जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा तारजाली र सिसि टिभिसहितको मतगणनास्थलसमेत निर्माण गरी सकिएको छ। यहाँ कुल ३ लाख ९६ हजार २६५ मतदाता छन् भने दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

campaign election 2082