ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘चलचित्र विधेयक २०८२’माथि प्रतिनिधि सभामा छलफल सुरु
2082 General Campaign Update

‘चलचित्र विधेयक २०८२’माथि प्रतिनिधि सभामा छलफल सुरु

Inquiry Nepal Inquiry Nepal May 28, 2026 at 2:35 PM 71 views
<p>काठमाडौं । ‘चलचित्र विधेयक २०८२’माथि बुधवारबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ । नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले यो विधेयकको &#8217;boutमा बुधवार बिहानी सत्रको बैठकमा प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गरे । यस अघि राष्ट्रिय सभाबाट प्रतिनिधि सभाको लागि यो विधेयक पठाइएको थियो । ‘चलचित्र विधेयक २०८२’ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि [&#8230;]</p> <p>The post ‘चलचित्र विधेयक २०८२’माथि प्रतिनिधि सभामा छलफल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्...

काठमाडौं । ‘चलचित्र विधेयक २०८२’माथि बुधवारबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ । नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले यो विधेयकको ’boutमा बुधवार बिहानी सत्रको बैठकमा प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गरे । यस अघि राष्ट्रिय सभाबाट प्रतिनिधि सभाको लागि यो विधेयक पठाइएको थियो । ‘चलचित्र विधेयक २०८२’ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको हो ।

राष्ट्रिय सभामा यस विधेयकमाथि भएको विभिन्न तर्क वितर्कमाथि विचार गरियोस् भनेर मन्त्री तिमिल्सिनाले संसदमा यो प्रस्ताव राखे । विधेय’bout उनको प्रस्तावमा सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका विपक्षीका सांसदहरूले समेत आफ्नो विचार प्रस्तुत गरेका छन् ।

चलचित्र विधेयकमाथि एमालेकी सांसद पद्मा अर्यालले चलचित्रकर्मीहरूको माग अनुसार यसलाई पारित गर्नु पर्ने बताइन् । बैठकमा चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनु पर्ने, चलचित्र विकास बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट राखिनु पर्ने र अध्यक्षको कार्यकाल ४ वर्षको हुनु पर्ने जस्ता धारणा उनीहरूले राखे ।

अभिनेत्री समेत रहेकी रीमा विश्वकर्माले निकै लामो संघर्षपछि यो विधेयक प्रतिनिधि सभामा आइपुगेको बताइन् । उनले यो विधेयक पारित भएसँगै यसै वर्षबाट कार्यान्वयन हुने वातावरण बनाउन सभामुखसँग बैठकमा आग्रह समेत गरिन् । बैठकमा अरु विभिन्न सांसदले पनि आफ्नो धारणा राखेका थिए ।

यस्तै बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आदिवासी चलचित्रको ’boutमा सुझाव दिए । पूर्व मिस नेपाल तथा रास्वपाकि सांसद अनुष्का श्रेष्ठ र रास्वपाकै सांसद पुकार बमले चलचित्रकर्मीहरूको धारणा अनुसार चलचित्र विकास बोर्डलाई स्वयत्त बनाउनु पर्ने सहित विभिन्न सुझाव दिए ।

The post ‘चलचित्र विधेयक २०८२’माथि प्रतिनिधि सभामा छलफल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082