ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सांसद कार्कीले गरिन् मगर गाउँदेखि सिकाली मार्ग जाने सडकको अनुगमन
2082 General Campaign Update

सांसद कार्कीले गरिन् मगर गाउँदेखि सिकाली मार्ग जाने सडकको अनुगमन

Inquiry Nepal Inquiry Nepal May 24, 2026 at 4:12 PM 39 views
<p>ललितपुर । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले ललितपुरको मगर गाउँदेखि सिकाली मार्ग जाने ओह्रालो सडक खण्डको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् । सडकको ढलान विभिन्न स्थानमा फुटेको, घरहरूबाट ढल अव्यवस्थित रूपमा सडकमै फालिने गरेको तथा पटकपटक दुर्घटना हुने गरेको स्थानीयवासीबाट गुनासो आएपछि संयुक्त अनुगमन गरिएको हो । अनुगमनमा शहरी विकास मन्त्रालय, ढल व्यवस्थापन [&#8230;]</p> <p>The post सांसद कार्कीले गरिन् मगर गाउँदेखि सिकाली मार्ग जाने सडकको अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनि...

ललितपुर । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले ललितपुरको मगर गाउँदेखि सिकाली मार्ग जाने ओह्रालो सडक खण्डको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् । सडकको ढलान विभिन्न स्थानमा फुटेको, घरहरूबाट ढल अव्यवस्थित रूपमा सडकमै फालिने गरेको तथा पटकपटक दुर्घटना हुने गरेको स्थानीयवासीबाट गुनासो आएपछि संयुक्त अनुगमन गरिएको हो ।

अनुगमनमा शहरी विकास मन्त्रालय, ढल व्यवस्थापन शाखा, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा सडकको अवस्था जीर्ण बन्दै गएको, वर्षायाममा थप जोखिम बढ्ने अवस्था रहेको तथा ढल व्यवस्थापनको अभावले सर्वसाधारणलाई दैनिक आवतजावतमा समस्या भइरहेको विषय उठाइएको थियो ।

स्थानीयवासीहरूले सडक मर्मत, व्यवस्थित ढल निकास तथा दुर्घटना न्यूनीकरणका लागि तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन् । उनीहरूले सडकमा पानी र ढल बग्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

अनुगमनपछि सांसद डा. तोसिमा कार्कीले स्थानीयको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गरिने बताइन् । उनले नागरिकको सुरक्षासँग जोडिएका विषयमा ढिलाइ नगरी काम गर्नुपर्नेमा जोड दिँदै सडक तथा ढल व्यवस्थापनलाई व्यवस्थित बनाउन पहल गरिने उल्लेख गरिन् ।

The post सांसद कार्कीले गरिन् मगर गाउँदेखि सिकाली मार्ग जाने सडकको अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082