ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
हवाई गस्ती गर्ने केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय
2082 General Constituency Update

हवाई गस्ती गर्ने केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 1:51 PM 128 views
<p>काठमाडौँ । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन हुने दिन हवाई निगरानी सञ्चालन गर्ने निर्णय गरेको छ। समग्र शान्ति-सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निष्कर्ष निकालिएको मन्त्रालय स्रोतले जनाएको छ। बैठकबाट मतदानको दिन आकाशमार्गबाट गस्ती परिचालन गर्ने, आवश्यकताअनुसार हेलिकप्टर तयारी अवस्थामा राख्ने तथा संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने विषयमा सहमति [&#8230;]</p> <p>The post हवाई गस्ती गर्ने केन्द्रीय सुरक्षा समिति बैठकको ...

काठमाडौँ । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन हुने दिन हवाई निगरानी सञ्चालन गर्ने निर्णय गरेको छ। समग्र शान्ति-सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निष्कर्ष निकालिएको मन्त्रालय स्रोतले जनाएको छ।

बैठकबाट मतदानको दिन आकाशमार्गबाट गस्ती परिचालन गर्ने, आवश्यकताअनुसार हेलिकप्टर तयारी अवस्थामा राख्ने तथा संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने विषयमा सहमति भएको जानकारी दिइएको छ। सुरक्षा व्यवस्थापनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई समन्वित ढंगले परिचालन गर्ने निर्णय गरिएको छ।

बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। छलफलका क्रममा विद्यमान सुरक्षा अवस्था, निर्वाचनको तयारी, सम्भावित जोखिम व्यवस्थापन र शान्ति-सुरक्षासम्बन्धी विषयमा समग्र समीक्षा गरिएको जनाइएको छ।

यसअघि सोही दिन बिहान गृहमन्त्री अर्यालले देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट संवाद गरी जिल्लागत अवस्था, तयारी र चुनौती’bout जानकारी लिएका थिए।

The post हवाई गस्ती गर्ने केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

constituency election 2082