ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन सुरक्षा तयारी पूरा : केन्द्रीय सुरक्षा समिति
2082 General Campaign

निर्वाचन सुरक्षा तयारी पूरा : केन्द्रीय सुरक्षा समिति

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 3:10 PM 67 views
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहिबार (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।...

निर्वाचन सुरक्षा तयारी पूरा भएको केन्द्रीय सुरक्षा समितिले निष्कर्ष निकालेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहिबार (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।

गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो।

बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानून विपरितका गतिविधि भएरगरेको पाईएका कानून बमोजिम तुरुन्त कारवाही गर्ने लगायतका निर्णय गरेको छ।

यस्तै बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाइएकाले सबैलाई भोलि हुने निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आव्हान गर्ने निष्कर्ष समेत निकालेको छ।

बैठकमा गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरु तथा गृहमन्त्रालयका उच्च अधिकारीहरुको सहभागी रहेको थियो।

campaign election 2082