काठमाडौं । प्रतिनिधि सभाको आगामी डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ। जसमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम भने समेटिएको छैन।
शनिबार प्रतिनिधि सभाको आउँदो असरा १५ गतेसम्मको क्यालेन्डर सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ बमोजिम म्यालेन्डर सार्वजनिक गरिएको संसद् सचिवालयले जनाएको छ।
यस्ताे छ सम्भावित कार्यसूची :
संसदीय क्यालेन्डरअनुसार ४ र ५ जेठमा शून्य समय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गर्ने सम्भावित कार्यसूची छ । ६ जेठमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका प्रत्रहरूको जवाफ दिने कार्यक्रम राखिएकाे छ ।
१३ जेठमा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश हुनेछ । १५ गते आर्थिक बर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल हुनेछ । सोही दिन आर्थिक विधेयक पेस हुनेछ ।
१८ जेठबाट भने बजेटमाथि छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएकाे छ । २० जेठमा आर्थिक वर्ष २०८३/०८४ को राजस्य र व्ययको वार्षिक अनुमानमाथि छलफल र अर्थमन्त्रीबाट जवाफ व्यक्त हुनेछ । सोही दिन विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ ।
संसदीय क्यालेन्डरअनुसार २७ जेठमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल प्रारम्भ हुनेछ । सोही दिन खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुनेछ ।
यस्तै, १ असारमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा उठेका प्रत्रहरूको सम्बन्धित मन्त्रीबाट जवाफ प्रारम्भ हुनेछ । २ असारमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ हुनेछ । सबै मन्त्रालयका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत र विनियोजन विधेयक पारित गर्ने तालिका रहेकाे संसद सचिवालयले जनाएकाे छ ।
calDownload३ असारमा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यस्तै, ८ असारमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल र पारित गर्ने तालिका तय भएको छ ।
The post यस्ताे छ असार १५ सम्मको संसदीय क्यालेन्डर, छैन प्रधानमन्त्रीसँग प्रश्नोत्तर appeared first on RONB post.