ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग
2082 General Campaign

प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 12:25 PM 51 views
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन रुलिङ गर्न आग्रह गरेका हुन् । राईले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री लगातार अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाए । उनले यसअघि पनि […]

काठमाडौं ।

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन रुलिङ गर्न आग्रह गरेका हुन् ।

राईले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री लगातार अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाए । उनले यसअघि पनि प्रधानमन्त्रीको उपस्थिति माग गरिएको स्मरण गराउँदै आज प्रश्नको जवाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्री सदनमा नदेखिएको बताए ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमार्फत नागरिकलाई जानकारी गराउनसमेत माग गरेका छन् ।

campaign election 2082