ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने
2082 General Campaign

नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 11:18 AM 52 views
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिने कार्यक्रम तय भएको हो । यसअघि संसद सचिवालयले प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । तर, प्रधानमन्त्रीले जवाफ नदिने […]

काठमाडौं ।

सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिने कार्यक्रम तय भएको हो ।

यसअघि संसद सचिवालयले प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । तर, प्रधानमन्त्रीले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट धारणा राख्ने भएका हुन् ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने, उठेका प्रश्नको जवाफ दिने, सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तथा पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजोको बैठकमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका थिए ।

campaign election 2082