ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सिन्धुली कारागारका ४५ कैदीबन्दीले मात्र मतदान गर्न पाउने
2082 General Campaign Update

सिन्धुली कारागारका ४५ कैदीबन्दीले मात्र मतदान गर्न पाउने

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 1:11 PM 78 views
<p>सिन्धुली । विहिबार हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली कारागारका ४५ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन् । कारागारमा रहेका ३ सय ८३ जना कैदीबन्दीमध्ये ४५ जनाले मात्र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । उनीहरुले कारागारभित्र राखिएको अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन् । मतदाता नामावलीमा नाम दर्ता नगरेका कारण अन्य कैदीबन्दीले मतदान [&#8230;]</p> <p>The post सिन्धुली कारागारका ४५ कैदीबन्दीले मात्र मतदान गर्न पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक...

सिन्धुली । विहिबार हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली कारागारका ४५ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन् । कारागारमा रहेका ३ सय ८३ जना कैदीबन्दीमध्ये ४५ जनाले मात्र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । उनीहरुले कारागारभित्र राखिएको अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन् ।

मतदाता नामावलीमा नाम दर्ता नगरेका कारण अन्य कैदीबन्दीले मतदान गर्न नपाउने भएका हुन् । जेनजी आन्दोलनमा कारागार तोडफोड र आगजनी गरि भागेका कैदीबन्दीहरुमध्ये अधिकांशको मतदाता नामावलीमा नै नाम नभएको पाईएको छ । ११ जना विदेशी नागरिक बाहेक यो कारागारमा सबै नेपाली नागरिक भए पनि मतदानमा भने सहभागि हुन पाउने छैनन् ।

सिन्धुली कारागारबाट भागेकामध्ये ३ सय ७० जना कैदीबन्दी कारागार फर्कि सकेका छन् । ती मध्ये अधिकांशको मतदाता नामावलीमा नाम नै छैन । कारागारबाट भागेका ४ सय ७६ कैदीबन्दीमध्ये ९८ जना पुरुष, ३ जना महिला र ५ जना विदेशी गरि १०६ जना कैदीबन्दी अझै कारागार बाहिर छन् ।

The post सिन्धुली कारागारका ४५ कैदीबन्दीले मात्र मतदान गर्न पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082