2082 General
Campaign
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 12:07 PM
61 views
प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीका लागि केन्द्रीय सुरक्षा समितिको बैठक शुरू भएको छ ।  गृह मन्त्रालयमा शुरू भएको बैठकमा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा र सुरक्षा निकायका प्रमुखसहित उच्च सुरक्षा अधिकारी सहभागी छन् ।  मुलुकको विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ । भोलि (बिहीबार) प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

campaign
election 2082