ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा
2082 General Campaign Update

प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

Inquiry Nepal Inquiry Nepal May 3, 2026 at 2:53 PM 51 views
<p>काठमाडौं । धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२ चैनपुरमा अवस्थित सीता गुफा प्रचारप्रसार एवं प्रवर्द्धनको प्रतीक्षामा छ। गुफाका ढुङ्गामा विभिन्न जङ्गली जनावरका आकृति ती ढुङ्गामा अर्को ढुङ्गो बजार्दा सुनिने अचम्मको प्रतिध्वनि, जताततै चमेरैचमेरा, कहिल्यै नसुक्ने पानीको मुहानले गुफाको आकर्षण बढाएको छ। पोखरा र आसापसका क्षेत्रबाट आन्तरिक पर्यटक गुफा क्षेत्रमा आउने गरेका छन्। [&#8230;]</p> <p>The post प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा appeared first on राजधानी राष्ट्...

काठमाडौं । धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२ चैनपुरमा अवस्थित सीता गुफा प्रचारप्रसार एवं प्रवर्द्धनको प्रतीक्षामा छ।

गुफाका ढुङ्गामा विभिन्न जङ्गली जनावरका आकृति ती ढुङ्गामा अर्को ढुङ्गो बजार्दा सुनिने अचम्मको प्रतिध्वनि, जताततै चमेरैचमेरा, कहिल्यै नसुक्ने पानीको मुहानले गुफाको आकर्षण बढाएको छ। पोखरा र आसापसका क्षेत्रबाट आन्तरिक पर्यटक गुफा क्षेत्रमा आउने गरेका छन्।

पोखरा–३२ को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यसको प्रवद्र्धन र विकासलाई वडा कार्यालयले प्राथमिकतामा राखेको पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए।

गुफालाई व्यवस्थित गराउनका लागि वडाले पहल गरिहेको बताउँदै उनले विभिन्न दुई चरणमा गरी करिब १५ लाख रुपैयाँ यहाँको पूर्वाधार विकासमा खर्च गरिसकिएको बताए।

‘हामीले यस गुफालाई विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरको गौरवको योजनाका रुपमा अघि बढाउनका लागि प्रस्तावसमेत गरिरहेका छौँ’, उनले भने, ‘यसको राम्रो प्रवद्र्धन र विकास गर्न सकिएमा यसलाई पोखराका महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ।’

के छ त किंवदन्ती ?

यस गुफाको नाम किन सीता गुफा रह्यो भन्ने सम्बन्धमा विभिन्न रोचक किंवदन्ती रहेका छन्। एउटा पुरानो किंवदन्तीमा पहिलो पटक महिनावारी हुँदा देवी सीता केही दिन यस स्थानमा गुप्तवास बसेकी थिइन्। उक्त समयमा सीताले यहाँको शान्त र सुरक्षित वातावरणमा बिताएको हुनाले यस गुफाको नाम सीता गुफा रहन गएको स्थानीयवासी बताउँछन्। देवी सीतासँग जोडिएको पवित्र स्थानको रूपमा यस स्थानलाई धार्मिक तीर्थस्थलका रुपमा लिर्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खोजिएको छ।

यातायतको सहज पहुँच युक्त स्थान भएर पनि यसको अपेक्षित प्रचारप्रसार नहुँदा अपेक्षित प्रवद्र्धन हुन नसकेको पोखरा– ३२ तल्लो गगनगौडाका स्थानीयवासी मुकुन्द घिमिरे बताउछन्। पोखराको सिसुवाबाट करिब तीन किलोमिटर दुरीमा यो गुफा रहेको छ।

सिसुवाबाट दक्षिणतर्फ साढे दुुई किलोमिटर मोटरबाटो आएपछि दायातर्फ करिब ५०० मिटर अगाडि आएपछि गुफामा पुगिन्छ। ’round जङ्गलसँगै अघि फराकिलो फाँटसहित फाट्टफुट्ट घर रहेका छन्।

गुफाको पूर्वमा रूपा ताल र चैनपुर बस्ती छ भने पश्चिममा पोखरा विश्वविद्यालय रहेको छ। त्यस्तै उत्तरमा बेगनास तथा दक्षिणमा सात मुहाने बजार रहेको छ।

करिब ५० मिटर गहिरो र सात मिटर चौडाइमा रहेको यो गुफा भित्री भाग अत्यन्तै अँध्यारो, साँघुरो र डरलाग्दो छ। गुफामा करिब १० मिटरभन्दा तल जान भने अप्ठ्यारो छ। गुफाभित्र ठूलो सङ्ख्या रहेका चमेरा यहाँको अर्को आकर्षण हो।

केही वर्षअघि चैनपुर टोल विकास समितिले गुफा सफा गर्ने क्रममा भित्र पुरानो माटोको भाँडा र फलामको भाँडो फेला परेका कारण यहाँ विगतमा साधुुसन्त वा तपस्वी योग तथा ध्यानका लागि बस्ने गरेको स्थानीयको अनुुमान छ।

गुफामा यहाँका ढुङ्गाहरू एक आपसामा ठोक्किँदा आउने प्रतिध्वनि परम्परागत ढोल (मादल) को पिटाइ जस्तो सुनिन्छ भने वरिपरि भेटिएका मानव खुट्टा जस्तो आकारका माटोका टुक्रा तथा विभिन्न आकृतिहरू आदि देखिनुुलाई स्थानीयले दैवी शक्तिका रुपमा लिने गरेका छन्।

गुफाभित्र रहेको कहिल्यै नसुक्ने पानीको मुहान यहाँको अर्को विशिष्टता हो। हिउँद होस् वा वर्षा कुनै पनि समयमा न सुक्ने तथा न बढ्ने यहाँको पानीको नियमित प्रवाहलाई प्राकृतिक चमत्कारका रुपमा लिने गरिएको छ।

सीता गुफा आउने पर्यटकलाई यसका ’boutमा जान्न र बुुझ्न सहयोग होस् भन्ने उद्देश्यले क्युआर कोडको व्यवस्था गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

पर्यटन राजधानी पोखराका विभिन्न ३९ वटा पर्यटकीय गन्तव्यमा पर्यटकलाई त्यहाँका सम्बन्धमा जान्न र बुुझ्न सहयोग पुग्ने उद्देश्यले क्युआर कोडको व्यवस्था गरिएको उनले बताए।

पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको सहयोग र साराङ डिजिटलको प्राविधिक सहयोगमा यस्तो व्यवस्था गरिएको हो।

यहाँ आउने जो–कोही पर्यटकले ‘क्युआर कोड’ ‘स्क्यान’ गरेर यहाँका सम्बन्धमा पढ्न र सुन्न पाउने व्यवस्था मिलाइएको छ।

उनका अनुसार ‘क्युआर कोड’मार्फत पर्यटकीय गन्तव्यका सम्बन्धमा अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, हिन्दी, इटालेली, जापानी, कोरियाली, रुसी र स्पेनी भाषामा पढ्न पाइने जानकारी दिँदै उनले अङ्ग्रेजी, हिन्दी, चिनियाँ, फ्रान्सेली र नेपालीमा सुन्ने व्यवस्था मिलाइएको छ।

The post प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082