ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आफूलाई स्वागत नगरेको भन्दै सांसद पोखरेलले विद्यालयका प्रअलाई विद्यालयमै गाली गरे  
2082 General Campaign

आफूलाई स्वागत नगरेको भन्दै सांसद पोखरेलले विद्यालयका प्रअलाई विद्यालयमै गाली गरे  

Inquiry Nepal Inquiry Nepal April 24, 2026 at 10:55 PM 59 views
ओखलढुङ्गा ।  ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य विश्वराज पोखरेलले आफू आउँदा बेवास्ता गरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई सार्वजानिक स्थानमै गाली गरेका छन् । सांसद पोखरेलले आफू विद्यालय हाता भित्र आएको बेला स्वागत सम्मान नगरेको भन्दै श्री चण्डेश्वरी माध्यमिक विद्यालय खिजीदेम्बा २ रगनीका प्रधानध्यापक सन्तोष मगरलाई विद्यालय हाता भित्रै गाली गरेका हुन ।  राष्ट्रिय स्वतन्त्र पाटीका नेता […]

ओखलढुङ्गा । 

ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य विश्वराज पोखरेलले आफू आउँदा बेवास्ता गरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई सार्वजानिक स्थानमै गाली गरेका छन् । सांसद पोखरेलले आफू विद्यालय हाता भित्र आएको बेला स्वागत सम्मान नगरेको भन्दै श्री चण्डेश्वरी माध्यमिक विद्यालय खिजीदेम्बा २ रगनीका प्रधानध्यापक सन्तोष मगरलाई विद्यालय हाता भित्रै गाली गरेका हुन । 

राष्ट्रिय स्वतन्त्र पाटीका नेता सांसद पोखरेलले आफू आउँदा स्वागत गर्न आउनु पर्ने भन्दै प्र. अ. मगरलाई गाली गरेका थिए । सांसद पोखरेलले आफू माननीय मात्रै नभएर देशको पूर्व विशिष्ट कर्मचारी समेत भएको र अहिले पनि नेपाल सरकारले ५० हजारको तलब दिने गरेकाले आफूलाई सम्मान गर्नु पर्नेमा आफूलाई स्वागत र सम्मान नगरिएको भन्दै आक्रोश पोखेका छन् ।

आफूलाई बेवास्ता गरिएको भन्दै सांसद पोखरेलले विद्यालयको तर्फबाट प्रधानध्यापक मगरले बुजाउन खोजेको ज्ञापन पत्र समेत केही बेर लिन मानेन । विद्यालयले माननीय आउँदा बेवास्ता गरेको भनेर खेद प्रस्ताव पारित गरे पछि मात्रै आफूले ज्ञापन पत्र बुझ्ने भन्दै ज्ञापन पत्र लिन अस्वीकार गरेका थिए । पछि आफूले माफी मागेपछि सांसद पोखरेलले ज्ञापन पत्र लिएको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरले बताएको छन् ।

 सांसद पोखरेल आउने थाहा पाएपछि भौतिक संरचना निर्माणको मागसहित ज्ञापन पत्र बुझाउनका लागी आफू ज्ञापन पत्र तयार गर्न लागेकाले माननीय प्रवेशको क्रममा आफूले स्वागत गर्न नपाएको प्रअ मगरले बताएका छन् । 

सांसद पोखरेलले यही फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतको झिनो अन्तरले पराजित गरेका थिए । पोखरेल मतदाताहरूलाई धन्यवाद दिँदै यही बिहीबार खिजीदेम्बा २ रगनी पुगेका थिए ।

campaign election 2082