काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा तयार गरिएको मस्यौदा प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाइएको छ।
संघीय संसदको प्रतिनिधिसभा नियमावली २०८३ को मस्यौदा तयारका लागि रास्वापाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो ।
मस्यौदामा संसद्मा तोडफोड गरे तोडफोडमा संलग्न सांसदबाटै क्षतिपूर्ति भराइने, प्रतिनिधि सभामा फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने, बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने, आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको ७ दिनभित्र अनिवार्य जवाफ दिनुपर्नेलगायतको विषय समेटिएको छ ।
प्रतिनिधि-सभा-नियमावली-समितिको-प्रतिवेदन-२०८३Downloadनियम ३३ को उपनियम ४ मा भनिएको छ, ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक हानी नोक्सानी पुर्याएको कुरा सभामुखलाई बैठक सम्पन्न भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई बढीमा १५ दिनसम्मका लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ ।’
The post संसद्मा तोडफोड गरिए सांसदबाटै क्षतिपूर्ति (मस्यौदासहित) appeared first on RONB post.