ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
अमरगढी–६ मा मतदान बहिष्कार फिर्ता
2082 General Campaign Update

अमरगढी–६ मा मतदान बहिष्कार फिर्ता

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:55 AM 71 views
<p>डडेल्धुरा । आसन्न प्रतिनिधि सभा निर्वान बहिस्कारको घोषणा गरेका अमरगढी नगरपालिका ६ का स्थानीयहरु मतदानमा सहभागि हुने भएका छन । फोहर व्यवस्थापन केन्द्र स्थापनाको विरोधमा आन्दोलन चर्काई फोहर मैला विरुद्ध संघर्ष तथा समन्वय समितिको बैठकले वडा कार्यालयसँग विभिन्न सहमति गरेपछि बहिष्कारको निर्णय फिर्ता लिई चुनावमा सहभागि हुने भएका हुन । समितिले यसअघि अमरगढी ६ का [&#8230;]</p> <p>The post अमरगढी–६ मा मतदान बहिष्कार फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-Rajdhani...

डडेल्धुरा । आसन्न प्रतिनिधि सभा निर्वान बहिस्कारको घोषणा गरेका अमरगढी नगरपालिका ६ का स्थानीयहरु मतदानमा सहभागि हुने भएका छन । फोहर व्यवस्थापन केन्द्र स्थापनाको विरोधमा आन्दोलन चर्काई फोहर मैला विरुद्ध संघर्ष तथा समन्वय समितिको बैठकले वडा कार्यालयसँग विभिन्न सहमति गरेपछि बहिष्कारको निर्णय फिर्ता लिई चुनावमा सहभागि हुने भएका हुन ।

समितिले यसअघि अमरगढी ६ का जनतामाथि अन्यायपूर्ण ढङ्गले फोहर व्यवस्थापन केन्द्र बनाउने निर्णय गरिएको आरोप लगाउँदै गत ७ गते चुनाव बहिष्कार गर्ने घोषणा गरेको थियो । तर १८ गतेसम्म आइपुग्दा केही राजनीतिक दलहरूले जनताको जायज मागप्रति ध्यानाकर्षण गर्दै निर्णय जनताकै पक्षमा हुने स्पष्ट प्रतिबद्धता जनाए पछि स्थानीय मतदान गर्न सहमत भएका हुन ।

त्यसैगरी स्थानीय सरकारले फोहर व्यवस्थापन केन्द्र स्थापनाको प्रक्रिया रोक्ने सम्पूर्ण जिम्मेवारी लिने र सो जिम्मेवारी वहन गर्न नसके सामूहिक राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको समितिका संयोजक गंगा ताम्राकारले जानकारी दिए । नगरप्रमुख डिल्लीराज जोशीले निर्णय जनताको पक्षमै हुने भन्दै जनताद्वारा निर्वाचित प्रतिनिधिका रूपमा हामी जनताविरुद्ध कहिल्यै हिँड्ने छैनौ भन्ने दृढ प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

यी प्रतिबद्धताहरूलाई आधार मान्दै तथा स्थानीय जनताको मतदान गर्ने चाहनालाई मध्यनजर गर्दै समितिले बहिष्कारको निर्णय पूर्ण रूपमा फिर्ता लिएको उनले स्पष्ट पारे ।

समितिले जारी गरेको अपिलमा भनिएको छ, यो निर्णय कुनै कमजोरी होइन, बरु जनताको अधिकार, लोकतान्त्रिक मूल्य र भविष्यप्रतिको हाम्रो जिम्मेवारीको सशक्त अभिव्यक्ति हो । साथै फोहर व्यवस्थापनको विषयमा समुदायको सहमति र जनताको आवाजलाई प्राथमिकता दिने अडान यथावत रहने गरिएको छ ।

अन्त्यमा, अमरगढी–६ का सम्पूर्ण मतदातालाई संविधानले दिएको मताधिकार प्रयोग गर्न तथा शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह अपिलमा गरिएको छ ।

The post अमरगढी–६ मा मतदान बहिष्कार फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082