ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित
2082 General Campaign Alert

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 4:38 PM 105 views
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र नयाँ नेतृत्व चयनको निर्वाचन रोकिने भएको छ । उच्च अदालतले तत्कालका लागि साधारणसभा र नेतृत्व चयनको निर्वाचन रोक्न आदेश दिएको हो ।...

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र नयाँ नेतृत्व चयनको निर्वाचन रोकिने भएको छ । उच्च अदालतले तत्कालका लागि साधारणसभा र नेतृत्व चयनको निर्वाचन रोक्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलाशले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासंघको ६०औँ साधारणसभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।

चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासंघ, महासंघको कार्यकारणी समिति, महासंघको सदस्यता समिति र महासंघको निर्वाचन समितिलाई विपक्षी बनाईएको थियो।

यस मुद्दामा चैत्र २३ गते न्यायधीश स्वीकृति पराजुलीको एकल इजलाशले कारण देखाउ आदेश र अल्पकालिन अन्तरिम आदेश जारी हुने आदेश दिएको थियो। बिहीबार (चैत्र २६) गते सोही आदेशले निरन्तरता पाउने गरि अन्तरिम आदेश जारी भएको हो।

campaign election 2082