ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपसभामुख निर्वाचन शुक्रबार
2082 General Campaign

उपसभामुख निर्वाचन शुक्रबार

Inquiry Nepal Inquiry Nepal April 8, 2026 at 5:47 PM 54 views
संघीय संसद् सचिवालयले बुधबार उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै शुक्रबार अपराह्न ४ बजे मतदान हुने जानकारी गराएको हो।...

प्रतिनिधि सभाको उपसभामुख शुक्रबार चयन हुने भएको छ। संघीय संसद् सचिवालयले बुधबार उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै शुक्रबार अपराह्न ४ बजे मतदान हुने जानकारी गराएको हो।

उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ता र अपराह्न साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका छ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि उपसभामुख महिला हुनु पर्ने संवैधानिक व्यवस्था छ। साथै सभामुख र उपसभामुख फरक दलबाट हुनु पर्ने प्रावधान छ।

campaign election 2082