ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
डिपी अर्यालको नेतृत्वमा संसदको पहिलो बैठक आज
2082 General Campaign

डिपी अर्यालको नेतृत्वमा संसदको पहिलो बैठक आज

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 12:34 PM 80 views
प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद् भवनमा बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ।...

प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद् भवनमा बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ।

सभामुखमा रास्वपाका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का सांसद डिपी अर्याल नियुक्त भएपछिको यो पहिलो बैठक हो ।

अर्यालले आज सभामुखका रुपमा संसद्‌मा काम गर्ने छन् ।

सभामुख अर्यालले आजै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेतासँग छलफल गरेका छन् । सभामुख चयन भएसँगै संसदका आगामी कार्यसूचीलगायतका विषयमा अर्यालले सबै दलसँग छलफल गरेका हुन् ।

सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे छलफलको योजना रहेको संसद सचिवालयले जनाएको छ ।

campaign election 2082