ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभाको पहिलो बैठक आजदेखि, कार्यसूचीमा सभामुखको निर्वाचनदेखि अध्यादेशसम्म
2082 General Campaign Update

प्रतिनिधिसभाको पहिलो बैठक आजदेखि, कार्यसूचीमा सभामुखको निर्वाचनदेखि अध्यादेशसम्म

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 6:37 AM 83 views
<p>काठमाडौं । गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बिहीबार (आज) बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज २ बजेबाट संघीय संसद्को अधिवेशन सुरु हुन लागेको हो । प्रतिनिधिसभाको पहिलो बैठकका ८ वटा कार्यसूची तय भएका छन् । बिहीबारको बैठकबाटै सभामुख चयन प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ । सभामुख [&#8230;]</p> <p>The post प्रतिनिधिसभाको पहिलो बैठक आजदेखि, कार्यसूचीमा सभामुखको निर्वाचनदेखि अध्यादेशसम्म appeared first on राजधानी राष्ट्रि...


काठमाडौं । गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बिहीबार (आज) बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज २ बजेबाट संघीय संसद्को अधिवेशन सुरु हुन लागेको हो ।

प्रतिनिधिसभाको पहिलो बैठकका ८ वटा कार्यसूची तय भएका छन् । बिहीबारको बैठकबाटै सभामुख चयन प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ । सभामुख चयन भएपछि बल्ल उपसभामुख चयनको प्रक्रिया सुरु हुने सचिवालयको भनाइ छ ।

बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति जुटेको छ । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सिंहदरबारमा बसेको दलका प्रतिनिधिको बैठकले सभामुख चयन प्रक्रिया तत्काल थाल्ने सहमति गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

]सहमतिअनुसार २० गते मनोनयन र २२ गते निर्वाचनको कार्यतालिका छ । एकजनाको मात्र उम्मेदवारी दर्ता भए शुक्रबार नै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने छ । रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखका रूपमा अघि सार्दैछ । संसदमा रास्वपाको दुईतिहाइ पुग्न २ सिट कम अर्थात् १८२ सांसद छन् ।

‘सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पहिलो बैठकमा प्रस्तुत गर्ने, २० गते मनोनयन दर्ता गर्ने २२ गते निर्वाचन गर्ने सहमति भएको छ,’ सांसद बुर्लाकोटीले भने ।

पहिलो बैठकमा जेनजीसहित सबै आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र संसदमा प्रतिनिधित्व गरेका ६ वटै दलका शीर्ष नेताले शुभकामना सम्बोधन गर्ने सहमति भएको छ । दलको बैठकपछि महासचिवको हस्ताक्षरमा तय भएको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयले पठाएको सरकार गठन र संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची छ ।

बैठकमा दलीय प्रतिनिधित्वका आधारमा शुभकामना मन्तव्यपछि गृहमन्त्री सुधन गुरुङले ३ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ । सचिवालयका अनुसार गृहमन्त्रीले मतदाता नामावली अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश र नेपाल विशेष सेवा अध्यादेश पेस गर्नेछन् ।

प्रतिनिधिसभा भंग भएयता निधन भएका विभिन्न ५ जना सांसदप्रति शोक प्रस्ताव पारित गरेर बैठक समापन गर्ने कार्यसूची छ ।

पुरानै नियमावलीअनुसार बैठक

बैठकले मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नहुँदासम्मका लागि पुरानै नियमावलीबाट प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको छ ।

यो सहमतिअनुसार पुरानै नियमावलीअनुसार बैठकको तयारी थालेको संसद् सचिवालयको भनाइ छ । दलहरूबीच छिट्टै नयाँ नियमावली मस्यौदा गरेर जाने सहमति छ ।

संसद्को कार्यव्यवस्था समिति र अध्यक्षता गर्ने सदस्यको चयन गर्ने’boutमा छलफल भए पनि ठोस निर्णय भएको छैन । बैठकमा श्रम संस्कृति पार्टीबाहेकका संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत सहभागी थिए ।

The post प्रतिनिधिसभाको पहिलो बैठक आजदेखि, कार्यसूचीमा सभामुखको निर्वाचनदेखि अध्यादेशसम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082