ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नेकपा एमालेकी सांसद रेखा शर्मा पक्राउ
2082 General Campaign

नेकपा एमालेकी सांसद रेखा शर्मा पक्राउ

Inquiry Nepal Inquiry Nepal March 30, 2026 at 8:17 AM 47 views
काठमाडौँ। नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई आइतबार राति धुम्बाराहीको घरबाट पक्राउ गरेको हो । २०८१ जेठमा काठमाडौं महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । दाङकी ती नाबालिकालाई शर्माले घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो । त्यतिबेला मेयर रहेका […]

काठमाडौँ।

नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई आइतबार राति धुम्बाराहीको घरबाट पक्राउ गरेको हो । २०८१ जेठमा काठमाडौं महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । दाङकी ती नाबालिकालाई शर्माले घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो । त्यतिबेला मेयर रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न गर्नुभएको थियो ।

शर्मामाथि नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको र बसोबासको राम्रो व्यवस्था नगरेको लगायतका आरोप लागेको थियो । त्यसपछि महानगरले जिल्ला प्रहरी परिसरमा बालबालिका सम्बन्धी ऐन अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रधानमन्त्री बालेन्द्रले त्यतिबेला फेसबुकमा स्टाटस लेख्नुभएको थियो ।

शर्माविरूद्ध २०८१ साल माघमा मुद्दा नचल्ने निर्णयपछि महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री शाहले कुनै दिन समय आउने बताउनुभएको थियो ।

campaign election 2082