ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

पदबहाली गर्दा रोइन् मन्त्री सीता वादी

Inquiry Nepal Inquiry Nepal March 27, 2026 at 3:39 PM 64 views
काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी पदबहाली गर्ने क्रममा भाव विह्वल भएकी छन् ।राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शपथ गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेकी उनी कर्मचारीले स्वागत गर्नुअघि नै भक्कानिएकी हुन् । समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी उनी वादी समुदायको पहिलो मन्त्री हुन् । उनी भक्कानिएपछि स्वागतका लागि तयार बसेका कर्मचारी केहीबेर स्तब्ध […]

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी पदबहाली गर्ने क्रममा भाव विह्वल भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शपथ गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेकी उनी कर्मचारीले स्वागत गर्नुअघि नै भक्कानिएकी हुन् ।

समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी उनी वादी समुदायको पहिलो मन्त्री हुन् । उनी भक्कानिएपछि स्वागतका लागि तयार बसेका कर्मचारी केहीबेर स्तब्ध बनेका थिए । सीताले आँशु पुछ्दै सम्हालिएर स्वागत ग्रहण गरेकी छन्।

आफूले सोच्दै नसोचेको पद पाएपछि सीता निकै भक्कानिएको कर्मचारीहरू बताउँछन् । बालेन्द्र शाह सरकारमा सीतासहित पाँच महिला मन्त्री बनेका छन् । जसमा सोविता गौतम, प्रतिभा रावल, निशा मेहता, गीता चौधरी र सीता वादी छन् ।

campaign election 2082