ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द
2082 General Campaign Update

छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 4:27 PM 72 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द गरिएको छ । निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म ७२ घण्टाका लागि सिमाना सील गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ [&#8230;]</p> <p>The post छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali Ne...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द गरिएको छ । निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो ।

फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म ७२ घण्टाका लागि सिमाना सील गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

सीमा सिल गरिएपछि आयात निर्यात ठप्प भएका छन् भने आवतजावतमा समेत रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

मोरङको करिब ६३ किलोमिटर भारतसँगको सीमा सिल भएपछि सुरक्षा सतर्कता बढाउन दुवै तर्फका सुरक्षा निकायहरूले आवश्यक गस्ती पेट्रोलिङ गर्न थालेका छन् ।

प्रमुख नाका तथा सहायक मार्गहरूमा चेकजाँच कडा पारिएको छ भने साना–ठूला सबै प्रकारका आवागमनमा निगरानी राखिएको छ । सीमा क्षेत्रमा अस्थायी सुरक्षा पोस्टसमेत स्थापना गरिएको छ ।

The post छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082