ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

राष्ट्रपतिसँग आज शपथ लिँदै अर्जुननरसिंह केसी, भोलि बालेनलाई खुवाउने

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 10:27 AM 36 views
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ७८ वर्षका छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ७८ वर्षका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । त्यसपछि प्रतिनिधिसभामा बहुमत दल रास्वपा संसदीय दलका नेता बालेन्द्र साह बालेन प्रधानमन्त्री नियुक्त हुनेछन् । उनले चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने भएका छन् । यसरी लगातार तीन दिन शपथ कार्यक्रम चल्ने भएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक चैत १६ गते आह्वान गरिने भएको छ । प्रतिनिधिसभा बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था छ । सबैभन्दा ठूलो दल रास्वपाले सभामुखमा डिपी अर्याल र प्रतिभा रावलमध्ये एकलाई बनाउने भएको छ । यदि बालेन र रवि लामिछानेबीच कुरा मिलेमा डिपीलाई गृहमन्त्री बनाउने सम्भावना रहेको बताइन्छ ।

campaign election 2082