ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस सांसद केसीको शपथ भोलि हुने
2082 General Campaign Update

कांग्रेस सांसद केसीको शपथ भोलि हुने

Inquiry Nepal Inquiry Nepal March 22, 2026 at 6:19 PM 65 views
<p>काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि (सोमबार) हुने भएको छ । केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । प्रतिनिधिसभाका ज्येष्ठ [&#8230;]</p> <p>The post कांग्रेस सांसद केसीको शपथ भोलि हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैन...

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि (सोमबार) हुने भएको छ । केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ ।

सङ्घीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ ।

२७४ सांसदलाई केसीले शपथ खुवाउने छन् । केसीले प्रतिनिधि सभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नेछन् ।

The post कांग्रेस सांसद केसीको शपथ भोलि हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082