ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब
2082 General Campaign Update

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 5:00 AM 61 views
<p>धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरूको तलब रोकेको छ । संघीय सरकारले स्वकीय सचिव राख्न नपाउने निर्णय गरेकाले प्रदेश सभा सचिवालयले सुदूरपश्चिमका सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको तलब भुक्तानी नगरेको हो । प्रदेश सभामुखले एक जना अधिकृत र एक जना खरिदार, उपसभामुखको पनि एक जना [&#8230;]</p> <p>The post सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैन...

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरूको तलब रोकेको छ । संघीय सरकारले स्वकीय सचिव राख्न नपाउने निर्णय गरेकाले प्रदेश सभा सचिवालयले सुदूरपश्चिमका सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको तलब भुक्तानी नगरेको हो ।

प्रदेश सभामुखले एक जना अधिकृत र एक जना खरिदार, उपसभामुखको पनि एक जना अधिकृत र एक जना खरिदार, चालक राख्दै आएका थिए । यस्तै संसदीय दलको नेताको चालक, कार्यालय सहयोगी सहित ४२ जना प्रदेश सभा सदस्यका स्वकीय सचिवसहित ५८ जनालाई गत असोजदेखिको तलब संघीय सरकारले असोज ६ गते पठाएको परिपत्रका आधारमा भुक्तानी नगरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । उनले संघीय सरकारको खर्च कटौति गर्ने परिपत्र अन्तर्गत प्रदेश सभा सदस्य, सभामुख र उपसभामुखका स्वकीय सचिवहरूलाई असोजदेखिको तलब हाल्न नसकिएको बताए ।

जेन्जी आन्दोलनपछि बनेको अन्तरिक सरकारले स्वकीय सचिवको सुविधा हटाएको थियो । तर सुदूरपश्चिम प्रदेश सरकारले भने स्वकीय सचिवको सुविधा लिने पक्षमा उभिएको थियो ।

प्रदेश सभामा रहेका सबै दल र प्रदेश सभा सदस्यहरू स्वकीय सचिवको सुविधा लिन एकमत भए पनि प्रदेश सभा सचिवालयले तलब भुक्तानी गर्न नसकिने भन्दै स्वकीय सचिवसहित ५८ जनाको तलब रोक्का गरेको छ । जसबाट राज्यको ठुलो रकम बचत हुने भएको छ ।

The post सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082