ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’
2082 General Campaign Update

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 5:31 PM 79 views
<p>काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सहरी विकासमन्त्री कुमार इङ्नामले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित भएको बताएका छन् । प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा उहाँले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राज्य र समाजप्रति उत्तरदायी [&#8230;]</p> <p>The post ‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’ appeared first on राजधानी ...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सहरी विकासमन्त्री कुमार इङ्नामले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा उहाँले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राज्य र समाजप्रति उत्तरदायी भई निर्वाचनमैत्री वातावरण बनाउन आमसञ्चारजगत्लाई आह्वान गरे ।

उनले भने, “समग्रमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सञ्चार क्षेत्रबाट सहयोग भइरहेको छ । मौन अवधिका’boutमा बुझाउने र निर्वाचन आचारसंहिताको परिपालनामा अझ बढी सहयोगको अपेक्षा निर्वाचन आयोगले गरेको छ ।”

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मौन अवधिमा कुनै उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत आर्थिक पक्षसँग जोडिने क्रियाकलाप गरेमा उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्माले आमसञ्चार माध्यमको हकअधिकारको प्रवद्र्धन तथा पत्रकार आचारसंहिताको परिपालनाका लागि काउन्सिलले निर्वाह गर्दैआएको भूमिका’bout जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनका लागि सबै सञ्चारकर्मी संवेदनशील रहेर त्यसलाई सफल तुल्याउन सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुँदैछ । यो अवधि मतदान सम्पन्न नहुञ्जेलसम्म कायम रहन्छ । मौन अवधिमा मत माग्न, भेला र छलफल गर्न पाइदैन । विशेषगरी उम्मेदवार र राजनीतिक दलले मौन अवधिको पूर्ण पालना गर्नुपर्नेमा निर्वाचन आयोगले जोड दिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनु अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, छोटा सन्देश (एसएमएस), सामाजिक सञ्जालका साथै भाइबरलगायत विद्युतीयमाध्यमद्वारा मत माग्न प्रचारप्रसार गर्न पाइदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

आगामी बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचनमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

The post ‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082