ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सभापति गगन थापाको राजीनामा भोलीको बैठकमा अस्वीकृत गरिने
2082 General Campaign Update

सभापति गगन थापाको राजीनामा भोलीको बैठकमा अस्वीकृत गरिने

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 1:25 PM 121 views
<p>काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गर्ने भएको छ । शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापा अनुपस्थित रहने भएपछि बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने छन् । २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बिहीबार राति [&#8230;]</p> <p>The post सभापति गगन थापाको राजीनामा भोलीको बैठकमा अस्वीकृत गरिने appeared fir...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गर्ने भएको छ । शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापा अनुपस्थित रहने भएपछि बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने छन् ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बिहीबार राति राजीनामा पत्र बुझाएका थिए । उपसभापति शर्माले सञ्चालन गर्ने बैठकमा सभापति थापाले दिएको राजीनामावारे औपचारिक जानकारी गराइने छ । उक्त राजिनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरिने भोलि बस्ने बैठकको कार्यसूचिमा उल्लेख छ ।

भोलिको बैठकमा उपसभापति शर्माले चुनावी परिणामको जिम्मेवारी कुनै एउटा व्यक्तिले मात्र लिनु नपर्ने तर्कसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गर्ने छन् । ‘विशेष महाधिवेशनबाट चुनिएर आएको नयाँ नेतृत्वले चुनावका लागि निकै छोटो समय मात्र तयारी गर्न पाएको र पराजयको कारण एकल व्यक्ति नभएको निष्कर्षसहित बैठकमा प्रस्ताव लगिनेछ ।

पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । विशेष महाधिवेशनबाट निर्वाचित भएका सबै पदाधिकारी निर्वाचनमा पराजित भएपछि थापामाथि नैतिक प्रश्न उठेको थियो ।

The post सभापति गगन थापाको राजीनामा भोलीको बैठकमा अस्वीकृत गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082