ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवा सशस्त्र प्रहरीको नियन्त्रणमा  
2082 General Constituency

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवा सशस्त्र प्रहरीको नियन्त्रणमा  

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 11:30 AM 70 views
काठमाडौँ।  रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राती  सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सोमन कुमार सहनी र २१ वर्षिय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र […]

काठमाडौँ। 

रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राती  सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । 
नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सोमन कुमार सहनी र २१ वर्षिय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको स्ट्राइकिङ टोलिले नियन्त्रणमा लिएको हो । 

  उनीहरुले सोही जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादब र निजको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। 

constituency election 2082