ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही
2082 General Campaign Update

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 9:34 AM 83 views
<p>धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै एमाले धनकुटाको जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई कारबाही गरेको नेकपा एमाले धनकुटा प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि साधारण [&#8230;]</p> <p>The post एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही appeared first on राजधानी राष्ट्र...

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै एमाले धनकुटाको जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई कारबाही गरेको नेकपा एमाले धनकुटा प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि साधारण सदस्य नरहने गरि कारबाही गरिएको हो ।

राई २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट साँगुरीगढी गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेर निर्वाचित भएकी हुन् । उनी एमाले धनकुटा जिल्ला कमिटी सदस्य समेत रहेकी थिइन् । उपाध्यक्ष राईले चुनावमा नेपाली कांग्रेसको पक्षमा लागेर एमालेलाई असहयोग गरेको आरोप लागेको प्रचार विभाग प्रमुख कटेलले जानकारी दिए । उनलाई कारबाही गरिएको जानकारी एमालेले निर्वाचन आयोगलाई पनि पठाएको जनाएको छ ।

पार्टीले कारवाही गरेपछि उनको पद धरापमा परेको बताउने गरिएको छ । पार्टीले कारबाही गरेपछि जनप्रतिनिधिको पद रहने वा नरहने निर्वाचन आयोगले निर्णय गर्नेछ । यद्यपी कतिपय जनप्रतिनिधिलाई पार्टीले कारबाही गरेपछि आयोगले जनप्रतिनिधिको पदबाट पनि हटाउँदा अदालत आयोगको निर्णय उल्टाउने गरेको नजिर पनि रहेको रहेको छ ।

त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम.पी. उपाध्याय सदस्य रहेका छन् ।

यता आफूलाई गरिएको भनिएको कारबाही’bout प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताइन् । उनले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन् ।

The post एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082