ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
यौन व्यवसायीको कथा बोकेर आयो ‘लालिमा’
2082 General Campaign Update

यौन व्यवसायीको कथा बोकेर आयो ‘लालिमा’

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 1:39 PM 87 views
<p>काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका कारण तीन साता यताबाट नेपाली चलचित्र रिलिज भएको थिएन । यसैबिच आज शुक्रवार २९ फागुनबाट मुलुकका विभिन्न चलचित्र घरमा नेपाली चलचित्र ‘लालिमा’ रिलिज भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार मुलुकका ६ दर्जन चलचित्र घरमा यो चलचित्र रिलिज भएको छ । चलचित्र ‘लालिमा’मा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, [&#8230;]</p> <p>The post यौन व्यवसायीको कथा बोकेर आयो ‘लालिमा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - On...

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका कारण तीन साता यताबाट नेपाली चलचित्र रिलिज भएको थिएन । यसैबिच आज शुक्रवार २९ फागुनबाट मुलुकका विभिन्न चलचित्र घरमा नेपाली चलचित्र ‘लालिमा’ रिलिज भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार मुलुकका ६ दर्जन चलचित्र घरमा यो चलचित्र रिलिज भएको छ ।

चलचित्र ‘लालिमा’मा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी, सुषमा निरौला लगायतको मुख्य भूमिका छ ।

निर्देशक रोशन मिराजका अनुसार यो चलचित्र पाँच हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो । ‘लालिमा’मा रोशनीले यौनकर्मी आमाको भूमिकामा छिन् ।

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नझुक्ने मानवीय साहसको कथा रहेको निर्देशक मिराजको तर्क छ । चलचित्र’bout निर्देशक मिराजले भने, ‘ चलचित्रको कथा लालिमाको कठिन यौन व्यवसाय यात्रासँग सम्बन्धित छ । लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् ।’

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् । चलचित्रलाई मिराज आफैँले लेखेका हुन् ।

The post यौन व्यवसायीको कथा बोकेर आयो ‘लालिमा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082