ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
डेढ अर्बको मन्त्री निवास एक वर्षमै क्षतिग्रस्त,  मन्त्रीलाई सरकारी आवास अभाव
2082 General Campaign Alert

डेढ अर्बको मन्त्री निवास एक वर्षमै क्षतिग्रस्त, मन्त्रीलाई सरकारी आवास अभाव

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 9:45 AM 88 views
<p>काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । तर नयाँ सरकार गठन भए पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था तत्काल सहज नहुने देखिएको छ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर भाद्र २४ गते भएको तोडफोड, लुटपाट र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूका लागि बसोबासको [&#8230;]</p> <p>The post डेढ अर्बको मन्त्री निवास एक वर्षमै क्षतिग्रस्त, मन्त्रीलाई सरकारी आवास अभाव appeared first on RONB post.</p>

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । तर नयाँ सरकार गठन भए पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था तत्काल सहज नहुने देखिएको छ ।

ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर भाद्र २४ गते भएको तोडफोड, लुटपाट र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूका लागि बसोबासको समस्या देखिएको हो । करिब एक अर्ब ३४ करोड रुपियाँ खर्चेर निर्माण गरिएको उक्त आधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्षमै क्षतिग्रस्त भएको छ ।

सिंहदरबार संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हालको अवस्थामा उक्त परिसरमा बस्न मिल्ने अवस्था छैन । त्यसैले नयाँ सरकारका मन्त्रीहरूका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिने योजना बनाइएको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा आफ्नै घर भएका मन्त्रीले आफ्नै घरमा बस्न सक्ने तथा अन्य मन्त्रीका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाइने जनाइएको छ ।

क्षतिग्रस्त मन्त्री निवास पुनर्निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । २७ वटा भवन रहेको परिसरमा धेरै क्षति पुगेका केही भवनको अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

प्राविधिक तथा आर्थिक मूल्याङ्कनपछि योग्य निर्माण कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने योजना छ ।
सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

The post डेढ अर्बको मन्त्री निवास एक वर्षमै क्षतिग्रस्त, मन्त्रीलाई सरकारी आवास अभाव appeared first on RONB post.

campaign election 2082