ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौंमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ
2082 General Campaign Update

काठमाडौंमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 7:48 PM 64 views
<p>काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ । प्रहरी वृत्त गौशाला, काठमाडौंद्वारा आज आयोजना गरिएको एक कार्यक्रमकाबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान [&#8230;]</p> <p>The post काठमाडौंमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ appeared first on राजधानी राष्ट्रिय दै...

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ ।

प्रहरी वृत्त गौशाला, काठमाडौंद्वारा आज आयोजना गरिएको एक कार्यक्रमकाबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरुको बिदाइ गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक थापाले निर्वाचन अवधिभरी निर्वाचन प्रहरीले गरेका कामहरु सम्झनयोग्य रहेका बताए । उनले निर्वाचन अवधिभर निर्वाचन प्रहरीहरूले देखाएको अनुशासन, इमान्दारिता र समर्पण सराहनीय रहेको बताए । उनले निर्वाचन जस्तो संवेदनशील र महत्वपूर्ण प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरी कर्मचारीले अत्यन्त जिम्मेवार ढङ्गले आफ्नो कर्तव्य निर्वाह गरेको बताए । उनले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सबैले सक्रियता र सजगता अपनाएको उल्लेख गरे ।

निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

The post काठमाडौंमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082